
अछाम – अछाममा नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । शनिबार बुढीगंगा नदीमा भैसीलाई तार्ने क्रममा नदीमा बगेर मेल्लेख गाउँपालिका ५ काटेका ३२ वर्षीय लालबहादुर बोहरा बेपत्ता भएका हुन ।
साफेबगर नगरपालिका १३ बाब्ला बुढाबगरस्थित बुढीगंगा नदीमा भैसीलाई तार्ने क्रममा बेपत्ता बोहराको ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर खोज गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।


















