
अछाम – अछाममा मोटरसाइकल दुर्घटना हुँदा लेखापालको मृत्यु भएको छ । मंगलसेन साँफेबगर सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा मंगला नेरा मावि ओलिगाउका लेखापाल माधव शर्माको मृत्यु भएको हो ।
से ६ प१८९९ नम्बरको मोटरसाइकल सडकबाट करिब ६८ फिट तल खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।


















