खाेज्नुहाेस

धनगढीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा २ नेपाली पक्राउ

Image

अत्तरिया – कैलालीको धनगढीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा २ नेपाली पक्राउ परेका छन । प्रहरीले भारतको उत्तरप्रदेश स्थित शाहजापुराका ४२ वर्षीय गुप्ताको हत्या आरोपमा बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई पक्राउ गरेको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेको छ ।

attariya hospital

पत्रकार सम्मेलनमा बोल्दै कैलाली प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले दुवै जनाले मिलेर गुप्ताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताए ।

हत्या गरिएका गुप्ताको शव सोमबार धनगढी उपमहानगरपालिका – ५ शिवनगर – जाई सडक छेउको नालीमा फेला परेको थियो । गुप्ता धनगढीको शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका थिए ।