खाेज्नुहाेस

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Image

धनगढी – कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका – १ मंगलपुरमा भएको मोटरसाईकल दुर्घटनामा सोही नगरपालिकाका ३३ वर्षिय साजन विकको मृत्यु भएको हो ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश ०१०० १० प २०७७ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–१ मंगलपुरमा शुक्रबार राती साढे ९ बजे दुर्घटना हुँदा चालक बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

attariya hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा ११ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

विकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । मोटरसाइकल भने इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ ।