खाेज्नुहाेस

अत्तरियामा रहेको अपि सैपाल सहकारीको साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

कोरोना महामारीका कारण संस्थाले एक कार्यक्रमका बिच प्रतिनिधिमुलक साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष बसन्त रोकायाको सभावपतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी रहेका थिए ।

attariya hospital

कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी, पत्रकार तथा विभिन्न समुहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष भरत बहादुर खत्रीले प्रस्तुत गरेका थिए भने संस्थाको वार्षिक प्रतिवेदन संस्थाका सचिव मदन राज शर्माले प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष बालकृष्ण प्रसाईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव मदन राज शर्माले गरेका थिए ।

कोरोना महामारीका कारण सदस्यका प्रतिनिधिहरुको उपस्थितिमा संस्थाले साधारण सभा आयोजना गरेको थियो ।

संस्थाका अध्यक्ष बसन्त रोकायाले सबै सदस्यहरुलाई एकैठाउँमा भेला गराई साधारण सभा गर्न असम्भव भएपछि सामान्य रुपमा संस्थाको साधारण सभा सम्पन्न गरेको बताए ।

navjiwan hospital

सबै शेयरसदस्यहरुलाई एकैठाउँमा भेला गर्न नसकिएपनि संस्थाले वार्षिक रुपमा गरेका कार्य र आगामी वर्षका कार्ययोजनाका बारेमा कर्मचारीहरुले टोलटोलमा गएर शेयरसदस्यहरुलाई जानकारी गराईसकेको उनले बताए ।

उनले संस्थालाई विशुद्ध सेवाका रुपमा अत्तरिया क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको समुहले स्थापना गरेको उनले बताए । ‘हामीले नाफा कमाउने उद्देश्यले संस्था स्थापना गरेका होईनौ’ उनले भने ‘हामीले यस क्षेत्रका विपन्न समुदायलाई सेवा गर्ने उद्देश्यले संस्था खोलेका हौ ।’ संस्थालाई सकारात्मक रुपमा समाजमा स्थापित गर्नुपर्ने उनले बताए ।

‘हामी सबै बौद्धिक वर्ग यसमा सहभागी छौ, हामीले यो क्षेत्रमा आफ्नो सामाजिक करियर बोकेर हिडेका छौ’ उनले भने ‘त्यसैले संस्थालाई कसरी अगाडी बढाउनुपर्छ भन्ने विषयमा हामी संवेदनशिल हुन जरुरी छ, बजारमा अपि सैपाल राम्रो भन्दिने वित्तिकै हामीलाई पुग्छ ।’
उनले संस्थालाई १२ वर्षसम्म पु¥याउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

वार्षिक कारोबार ८ करोड बढी, १४ लाख खुद नाफा

संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा ८ करोड भन्दा बढीको कारोबार गरेको छ । साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार संस्थाले उक्त आर्थिक वर्षमा ८ करोड १८ लाख २३ हजार ९ सय बराबरको आर्थिक कारोबार गरेको छ ।

आर्थिक प्रतिवेदनलाई हेर्दा आर्थिक वर्ष २०७६/०७७ को तुलनामा संस्थाले करिब २ करोड बढीको कारोबार गरेको छ । कोरोना महामारीका बिच पनि संस्थाको कारोबारमा बृद्धि हुनु संस्थाको लागी खुसीको कुरा भएको अध्यक्ष रोकायाले बताए ।

उक्त कारोबारबाट संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा १४ लाख भन्दा बढी मुनाफा आर्जन गरेको छ । संस्थाले उक्त आर्थिक वर्षमा १४ लाख २७ हजार १ सय ३६ रुपैया खुद नाफा आर्जन गरेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।