खाेज्नुहाेस

विश्वज्योतीको १९औ वार्षिक साधारण सभा : रासायनिक मलको प्रयोग नगर्न प्रदेश सांसद पन्तको आग्रह

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशका सांसद डिल्लीराज पन्तले रासायनिक मलको प्रयोग नगर्न किसानलाई अनुरोध गरेका छन ।

बुधबार कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ गेटामा रहेको विश्वज्योती महिला विकाश बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको १९औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद पन्तले रासायनिक मलले जमिनको उर्वरा शक्तिको नाश गर्ने भएकाले त्यसको प्रयोग कम गर्न आग्रह गरेका हुन ।

attariya hospital

‘रासायनिक मलले सुरुवाती चरणमा उत्पादनमा वृद्धि गर्छ, तर त्यसको अधिक प्रयोगले माटोको उर्वरा शक्तिलाई ह्रास गर्दै जान्छ । जुन माटो एक दुई पटकको जोताईमा धुलो धुलो हुन्थ्यो, त्यो माटो ४/५ चोटी जोत्दा पनि धुलो बनाउन सकिदैन’ उनले भने ।

उनले रासायनिक मल हालेको उत्पादनले मानिसको स्वास्थ्यमा पनि असर गर्ने बताए । उनले रासायनिक मलको साटो सबैले घरमै बनाईएको अर्गानिक मलको प्रयोग गर्न जरुरी रहेको बताए ।

उनले अर्गानिक मलले माटोको गुणस्तर कायम राख्नुका साथै उत्पादनमा पनि वृद्धि गर्ने बताए । उनले परम्परागत प्रविधिलाई आत्मसाथ गर्दै घरमे अर्गानिक मल उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

यसका साथै उनले देशको अर्थतन्त्रलाई बलियो बनाउने खम्बाका रुपमा सहकारीहरु रहेको बताए । ठुला बैंक तथा वित्तिय क्षेत्रमा पहुँच नहुने साधारण किसानहरुलाई सहकारीहरुले सहारा दिएको भेटिएको उनले बताए । बैंकबाट ऋण निकालिने झन्झटिलो प्रकृयालाई सहज गर्दै सहकारीहरुले किसानहरुलाई आवश्यक परेका बेला ऋण दिने गरेको समेत उनले बताए ।

यसैगरी कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष कर्ण बहादुर बोहोराले सहकारीहरुले महिला तथा किसानहरुलाई आत्मनिर्भर बन्न सहज गरेको बताए । उनले सहकारीबाट आवश्यकता भन्दा बढी कर्जा लैजान पनि नहुने बताए । उनले आवश्यकताका आधारमा लगेको कर्जाले मात्रै आफुलाई फाईदा गर्ने बताए ।

संस्थाकी अध्यक्ष तुलसी देवकोटाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद पन्त रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, संस्थाका शेयरसदस्य तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाकी अध्यक्ष देवकोटाले, संस्थागत प्रतिवेदन सचिव खिमादेवी ओझाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी भट्टले र लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक देवी ओझाले प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा संस्था सञ्चालनका लागी सहयोग पु¥याउने व्यक्तित्व, ज्येष्ठ नागरिक, उत्कृष्ट बालबचत कर्ता, शेयरवृद्धि अभिकर्ता, मासिक वचतकर्ता, उत्कृष्ट ऋणी, सामाजिक अभियान्ता, कर्मचारीका साथै अन्य विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

navjiwan hospital

संस्थाकी कोषाध्यक्ष लक्ष्मी भट्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव खिमादेवी ओझाले गरेकी थिईन ।

करिब ८ करोडको वित्तिय कारोबार, १५ लाख मुनाफा

संस्थाले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म करिब ८ करोडको वित्तिय कारोबार गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार संस्थाले उक्त आर्थिक वर्षमा ७ करोड ९० लाख ८६ हजार ६ सय ५८ रुपैया बराबरको कारोबार गरेको हो ।

उक्त वित्तिय कारोबारबाट संस्थाले १५ लाख ५३ हजार ६ सय १ रुपैया खुद मुनाफा आर्जन गरेको संस्थाकी अध्यक्ष तुलसी देवकोटाले जानकारी दिईन । उनका अनुसार ३५ हजार शेयरपुँजीमा सुरु भएको संस्थामा हाल १ करोड २७ लाख ५६ हजार ३ सय रुपैया शेयरपुँजी रहेको छ ।

यसैगरी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा ४ करोड ९२ लाख ५४ हजार ४ सय ३२ रुपैया निक्षेप संकलन गरेको छ भने ५ करोड ६१ लाख ६२ हजार २ सय २६ रुपैया कर्जा प्रवाह गरेको छ ।

संस्थापक अध्यक्षको भव्य रुपमा विदाई

साधारण सभामा संस्थाकी संस्थापक अध्यक्ष तुलसी देवकोटाको भव्य रुपमा विदाई गरिएको छ ।

२०५८ साल जेठमा संस्था स्थापना भएदेखी संस्थाको नेतृत्व गर्दै आएकी देवकोटाले पारिवारीक कारणले नेतृत्व लिन सक्ने अवस्था नदेखिएपछि उनको सभामा भव्य रुपमा विदाई गरिएको हो । सभामा बोल्दै देवकोटाले संस्थाको यात्राले सबैसँगको सहकार्यलाई बलियो बनाएको बताईन ।

उनले सानो सानो रकम जोडेर बनाएको संस्थालाई गिराउने काम नभई अझै प्रगतीको पथमा लम्क्याउने कार्य गर्न पनि आग्रह गरिन । उनले नेतृत्व पंतीबाट हटेपनि संस्थाको प्रगती र निरन्तरताको लागी लागी रहने प्रतिवद्धता व्यक्त गरिन ।