अत्तरिया – डोटीको जोरायल गाउँपालिका – ४ बबस्तीका ३३ बर्षिय बिक्रम थापा ४ दिन देखि बेपत्ता भएका छन । आफन्तका अनुसार पुस २३ गते घरबाट निस्केका थापा ४ दिन बितिसक्दा पनि परिवारको सम्पर्कमा आएका छैनन् ।
बिक्रमका बुवा सुन्लाल थापाले सुस्तमनस्थिति भएका छोरा ४ दिन देखि घरमा नआएको बताए । उनले आफन्तसंग सम्पर्क गर्दा हराएकै दिन कैलालीको चौमाला पुगेको खबर पाएपनि पछि त्यहाबाट पनि सम्पर्क बिहिन भएको बताए ।


पुस २४ गते पुनः बुडरमा देखिएको अपुष्ट खबर पाएपनि खोजी गर्दा भेट नभएको उनले बताए ।
‘सुस्तमनस्थिति भएका कारण पहिले पनि घरबाट हिड्ने गरेको थियो । तर, यस यसपटक लामो समय सम्म सम्पर्कमा आएको छैन’ उनले भने ‘बिस्तारै बोल्ने, ७०÷८० किलोग्राम तौल भएको र ५ फुट ५ इन्च उचाइको छ । कसैले देखेमा सम्पर्क गरिदिनुहोला ।’














