अत्तरिया – कैलालीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा १२ संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा ८७ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालमा आइतबार कोरोना परिक्षण गरिएको थिएन भने शनिबार ८ जना कोरोना संक्रमित थपिएका थिए ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन । हाल सेतीमा २ जना कोरोना संक्रमित उपचाररत रहेका छन । दुबै जनाको आइसियुमा राखेर उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले बताएका छन ।














