अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा आजदेखि हुने भनिएको माइलस्टोन मेयर कप तत्कालका लागि स्थगित भएको छ ।
माईलस्टोन युवा क्लबको आयोजनामा ‘९ए साइड पुरुष खुल्ला फुटबल प्रतियोगिता २०७८’ हुने भनिएपनि बर्षाका कारण स्थगित गरिएको हो ।


खैरेनी खेल मैदानमा आयोजना हुने भनिएको प्रतियोगिता लगातारको बर्षाका कारण तत्कालका लागि स्थगित गर्नु परेको क्लवका अध्यक्ष डिल्ली राज भट्टले बताएका छन ।
उनले प्रतियोगिताको लागि अर्को मिति छिटै सार्वजनिक गरिने बताएका छन ।
यसअघि प्रकाशित सम्बन्धित समाचार : लालपुरमा माइलस्टोन मेयर कप हुने













