अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा माइलस्टोन मेयर कप हुने भएको छ । माईलस्टोन युवा क्लबको आयोजनामा ‘९ए साइड पुरुष खुल्ला फुटबल प्रतियोगिता २०७८’ हुने भएको हो । प्रतियोगिता यही पुस २५ गतेदेखि खैरेनी खेल मैदानमा आयोजना हुने क्लवका अध्यक्ष डिल्ली राज भट्टले बताए ।
उनले प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्धितिय पुरस्कार ५० हजार सहित ट्रफि र मेडल प्रदान गरिने बताए । प्रतियोगितामा बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीलाई पनी नगद र ट्रफि प्रदान गरिने आयोजनकले जनाएको छ ।


खेलमा ९ जना खेलाडीले मात्रै प्रतिस्प्रधा गर्ने जनाइएको छ । खेल मैदान सानो भएका कारण ९÷९ खेलाडी बिच प्रतिस्प्रधा गराइएको क्लवका सदस्य दिनेश राज पाठकले बताए । पुस २९ गते सम्म संचालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने जनाईएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक गोदावरी नगरपालिका रहेको छ । प्रतियोगिता अवधिमा २० देखि २५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको क्लवका अध्यक्ष भट्टले बताए ।













