खाेज्नुहाेस

साना किसान मालाखेतीको २५औ वार्षिक साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको २५औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मंगलबार एक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष तेजराज अवस्थीको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रम्ख रत्ना कडायत रहेकी थिईन ।

attariya hospital

कार्यक्रममा बोल्दै उपप्रमुख कडायतले सहकारीले साना किसानहरुको आयआर्जनमा टेवा पु-याएको बताईन । सहकारीहरुले गाउँका हुनेखाने वर्गबाट हुँदा खाने वर्गले महंगो व्याजदरमा ऋण लिनुपर्ने बाध्यताको अन्त्य गरिदिएको उनले बताईन ।

उनले सहकारीका कारण सदस्यहरु माथि उठ्ने र सदस्यका कारण सहकारी जिवित रहने बताईन । उनले मानिसले अर्थाेपाजर्नका लागी नै ऋण लिने हुँदा आफुले जुन प्रयोजनका लागी ऋण लिएको हो त्यसैमा खर्च गर्न पनि आग्रह गरिन ।

‘सहकारीबाट जुन उद्देश्य बोकेर ऋण लिनुहुन्छ त्यसैमा खर्च गर्नुहोला’ उनले भनीन ‘त्यो ऋण अर्काे कार्यमा खर्च गर्दा आर्थिक आयआर्जन गर्ने बाटो हुदैन र त्यसको व्याज तिर्न समस्या हुने गर्छ ।’ उनले सहकारीलाई माथि उकास्न शेयरसदस्यहरुको नै महत्वपुर्ण हात हुने हुँदा सहकारीमा सबै भन्दा बढी ध्यान सदस्यहरुले दिनुपर्ने बताईन ।

navjiwan hospital

कार्यक्रममा संस्थाका अध्यक्ष तेजराज अवस्थीले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका मुख्य प्रबन्धक गोरख बहादुर खत्रीले आर्थिक प्रतिवेदनका साथै संस्थाका निति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

यसैगरी संस्थाकी लेखा समिति संयोजक कृष्णा जोशीले संस्थाको आन्तरिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिईन । कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा, सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतम लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, अन्तर समुहबाट छनौट भई आएका प्रतिनिधि एवम् सदस्यहरुको सहभागीता रहेको थियो ।

संस्थाका सञ्चालक समिति सदस्य बल बहादुर चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाका ओलानी शाखा प्रमुख प्रताप भट्टराईले गरेका थिए ।

२०५३ सालमा ५९१ जना शेयरसदस्य र १२ हजार ५ सय शेयरपुँजी बाट सुरु भएको संस्थामा आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म ६ हजार १ सय १८ जना शेयरसदस्य र २ करोड ७ लाख ५८ हजार ८ सय रुपैया शेयरपुँजी रहेको संस्थाका मुख्य प्रबन्धक गोरख बहादुर खत्रीले बताए ।

संस्थाले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म ३० करोड ३१ लाख २४ हजार ७ सय ४९ रुपैयाको कारोबार गरेको उनले बताए । उनले उक्त कारोबारबाट संस्थाले १ करोड ९ लाख १७ हजार ५ सय ७६ रुपैया नाफा आर्जन गर्न सफल भएको उनले बताए ।

गोदावरी नगरपालिका वडा नं. १,२,३,४, १०,११,१२ का साथै चुरे गाउँपालिका अन्र्तगत रहेको साविकको सहजपुर गाविसमा समेत कार्यक्षेत्र रहेको संस्थाले छिट्टै नै डोटीको गैरा, बुडर र जोरायलमा शाखा कार्यालय खोल्ने योजना बनाएको मुख्य प्रबन्धक खत्रीले बताए ।

यसका साथै संस्थाले साना किसानहरुको उत्पादनलाई बजारीकरण गर्नका लागी कृषि हाटबजारको योजनालाई पनि अगाडी सारेको उनले बताए । संस्थाले गोदावरी नगरपालिका वडा नं. ११ मा सदस्यहरुको सहजताका लागी शाखा कार्यालय खोलेर सेवा विस्तार गरिसकेको छ ।