अत्तरिया – कैलालीको अत्तरियामा रहेको कोरियो भाईब डान्स हबले डान्स वर्कसपको आयोजना गरेको छ ।
डान्स सिकिरहेका प्रशिक्षार्थीहरुको क्षमता अभिवृद्धि गर्न कोरियो भाईबले एक दिने डान्स वर्क सपको आयोजना गरेको हो ।


डान्स सिक्ने प्रशिक्षार्थिहरुलाई डान्सको एउटा प्रकार हिपहपको बारेमा जानकारी दिन पनि र डान्स क्षेत्रलाई अगाडी बढाउनका लागी एक दिने डान्स वर्कसपको आयोजना गरेको कोरियो भाईब डान्स हबका सञ्चालक लोकेश बोहराले जानकारी दिए ।
उनले प्रशिक्षार्थिहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न पनि वर्कसपले मद्दत पु-याउने बताए । वर्कसपमा अत्तरियाक्षेत्रका मात्र नभई कैलालीको गौरीगंगा नगरपालिका क्षेत्रका प्रशिक्षार्थिहरु पनि सहभागी भएको उनले बताए ।
सहभागीहरुलाई कोरियोग्राफर रमेश नागरिले प्रशिक्षण दिएका थिए ।




















