अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालीत ‘जेसिज सप्ताह संयुक्त’ कार्यक्रम सम्पन्न भएको छ ।
अत्तरिया जेसिज वर्ष २०२१ र अत्तरिया जुनियर जेसिजले संयुक्त रुपमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम आईतबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

अत्तरिया जेसिज वर्ष २०२१ का अध्यक्ष पदमराज ओझाको सभापतित्वमा आयोजित समापन कार्यक्रमकी प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत रहेकी थिईन भने विशिष्ठ अतिथिमा पद्मा अस्पताल प्रा.ली की प्रशासन शाखा प्रमुख मञ्जु साउँद रहेकी थिईन ।

यही मंसिर २० गतेदेखी सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत एक हप्ता सम्म विभिन्न विद्याका कार्यक्रमहरु सञ्चालन भएका थिए ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत दोस्रो दिन वक्तृत्वकला प्रतियोगताको आयोजना गरिएको थियो ।
जुनियर जेसिजको समन्वयमा दुर्गालक्ष्मी नमुना मा.वी मा आयोजित प्रतियोगीतामा कक्षा १२ मा अध्ययनरत छात्र गणेश नाथ योगी प्रथम, आकृती नौन्याल द्धितिय र ज्योती देउवा तृतिय भएका थिए ।
विजयी तिनै जनालाई समापन कार्यक्रममा पुरस्कृत गरिएको थियो । यसैगरी सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो । जेसिजले रेडक्रस उपशाखा अत्तरियाको भवन अगाडी सरसफाई गरेको थियो ।
सप्ताहको चौथो दिन अत्तरिया फुटबल एकेडेमीका खेलाडीहरुसँग मैत्रीपुर्ण फुटबल प्रतियोगीता आयोजना गरिएको थियो भने पाँचौ दिन पद्मा अस्पतालको सहकार्यमा गोदावरी नगरपालिकाको विकट क्षेत्र ओलानीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । सप्ताह अन्र्तगत छैटौ दिन जेसिजले अत्तरियामा रहेको लामीताल परिसरमा करिब सय भन्दा बढी बोटविरुवाहरु रोपेको थियो ।
सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन उद्घाटन समारोह र अन्तिम दिन समापन समारोह राखिएको थियो । कार्यक्रमको मुल समिति संयोजकमा मान ऐर रहेका थिए भने प्रत्येक दिन सञ्चालीत विभिन्न विद्याका कार्यक्रमहरुमा अलग अलग कार्यक्रम संयोजकहरु तोकिएका थिए । समापन कार्यक्रमको सञ्चालन अत्तरिया जेसिज वर्ष २०२१ की महासचिव प्रेरणा पाण्डेयले गरेकी थिईन ।

















