खाेज्नुहाेस

हर्ष वर्द्धनलाई जवाफ दिदै प्रचण्डले भने ‘नेपाली दलहरूमा राजनीतिक संस्कार छ’

Image

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली दलहरूमा राजनीतिक संस्कार रहेको बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको महाधिवेशनमा सम्बोधन गर्दै दाहालले नेपाली नेताहरूले एक अर्काले हातेमालो गरेर एक अर्कालाई प्रधानमन्त्री बनाउने गरेको बताएका छन् ।

navjiwan hospital

त्यसअघि भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री नदेखेको बताएका थिए । हर्ष वर्द्धनलाई जवाफ दिँदै दाहालले भने, ‘उहाँलाई यो थाहा छैन कि यी पूर्वप्रधानमन्त्रीहरू एकले अर्कालाई बनाएका हुन् । यो हाम्रो संस्कृति हो । हामी आपसमा विचारमा राजनीतिमा बेलाबेलामा निकै चर्को प्रतिस्पर्धा पनि गर्ने गरेका छौं र जरुरी पर्दा हामीले एकले अर्कालाई हातेमालो गरेर प्रधानमन्त्री बनाउन पछि परेका छैनौं । यो संस्कृति पनि भारतीय जनता पार्टीका नेतालाई भन्न चाहेको थिए ।’

attariya hospital

त्यस्तै दाहालले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँघरमा जाँदा चोर आएको भन्छन् भनेर दिएको अभिव्यक्तिको पनि जवाफ दिएका छन् । उनले नेताहरू गाउँघर जाँदा चोर भन्छन् भन्ने कुरा झूट भएको बताए ।

उनले भने, ‘यहाँ विचार प्रस्तुत हुने क्रममा एकजना वक्ताले नेताहरू आए भने गाउँघरमा चोर आए भन्छन् भनेको सनुन्नुभयो । होइन गलत हो । यो के को निम्ति भनियो ? जतिबेला लोकतान्त्रिक राजनीतिक दल र लोकतन्त्रको निम्ती शान्तिको निम्ति संघर्ष गरेका राजनीतिक दल र नेताहरूलाई बद्नाम गर्न खोजिन्छ । त्यो निरंकुशता र तानाशाही जन्माउने षडयन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ । कहीँ न कहीँ तानाशाही त्यसरी ने आउने गर्छ । त्यसकारण हामी सतर्क हुन जरुरी छ ।’