धनगढी – दलित संघका पूर्व केन्द्रीय सदस्य युवा नेता पदम नेपालीले आजदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपालीले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेपाली यसअघि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको केन्द्रीय सदस्य तथा सेती अञ्चल संयोजक भइसकेका छन् ।


‘स्वास्थ्य, शिक्षा र स्वरोजगारः मेरो राजनैतिक मूल आधार’ भन्ने प्रतिवद्धता सहित उम्मेदवारी घोषणा गरेका नेपालीले १४ औँ महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला सभापतिलगायत मतदाताहरुलाई आफूलाई मतदानका लागि अपिल गरेका छन् ।
बाजुरा जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित नेपालीले आफ्नो समाजसेवाको मुख्य आधार राजनीति नै भए पनि विगत लामो समयदेखि कैलालीको धनगढीमा रहेर शिक्षा, कृषि फर्म र स्वरोजगारमूलक क्षेत्रमा लगानी गरेर उद्यमशीलतालाई पनि प्रवद्र्धन गरिरहेको बताएका छन् ।
















