खाेज्नुहाेस

परपुरुषसँग मिलेर श्रीमान्‌को हत्या

Image

चौतारा – परपुरुषसँग मिलेर सिन्धुपाल्चोककी एक महिलाले श्रीमान्‌को हत्या गरेकी छिन्। जिल्लाको जुगल गाउँपालिका ३, गुम्बाथानमा सोमबार ३९ वर्षका छेवाङ लामाको हत्या भएको हो।

लामाको हत्या अभियोगमा प्रहरीले निजकी श्रीमती २८ वर्षीया निमा साङ्बो तामाङ र सोही ठाउँका ३६ वर्षका कान्छालाल लामालाई पक्राउ गरेको छ।

attariya hospital
navjiwan hospital

उनीहरूबीच अनैतिक सम्बन्ध रहेको हुनसक्ने समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।

मृतक लामा ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा हालैमात्र घर फर्केका थिए। घरमा श्रीमतीको मोबाइलमा अत्यधिक फोन आउने गरेको थाहा पाएपछि उनले सो फोन १ दिन लिएर सिमकार्ड फेरी पुनः फिर्ता गरेको थाहा भएको प्रहरीले जनाएको छ।

श्रीमान्‌ले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले उनीहरूले योजनाबद्ध रूपमै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।