खाेज्नुहाेस

कांग्रेस बैतडी सभापतिको लागि चन्द र भट्ट चुनावी मैदानमा

Image

बैतडी – नेपाली कांग्रेस बैतडी सभापतिको लागि चतुरबहादुर चन्द र शिवराज भट्ट चुनावी मैदानमा उत्रिएका छ । दुवै जना प्यान सहित चुनावी प्रचारमा जुटेका हुन ।

चन्द प्यानलबाट सभापतिमा चतुरबहादुर चन्द, उपसभापतिमा रमेश पाण्डेय र खगेन्द्रसिंह धामी, सचिवमा देवराज जोशी र प्रेमबहादुर चन्द, सहसचिवमा दीपेन्द्रबहादुर चन्द र दशरथसिंह चाँडले प्रतिस्पर्धा गर्दै छन् ।

attariya hospital
navjiwan hospital

भट्ट प्यानलबाट सभापतिमा शिवराज भट्ट, उपसभापतिमा वीरबहादुर विष्ट र हरिसिंह धामी, सचिवमा रमेशसिंह भण्डारी र कर्णबहादुर बोहरा तथा सहसचिवमा रमेश कोली र घनश्याम भट्ट प्रतिस्पर्धामा रहेका छन् ।

उनीहरुले आफ्नो टिमलाई जिताउन आग्रह गर्दै उनीहरू वडा तथा पालिका प्रतिनिधिहरू समक्ष छलफल जारी राखेका छन् । उनीहरूले सामाजिक सञ्चालनमा भोट दिन आग्रह गरिरहेका छन् भने बजारमा पर्चा पम्प्लेट टाँस्नुका साथै ब्यानर समेत टाँसिरहेका छन् ।

दुबै समूहबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । बैतडीमा कांग्रेसको क्षेत्रीय अधिवेशन मंसिर ४ गते र जिल्ला अधिवेशन तोकिएकै समयमा मंसिर ६ गते हुँदै छ । अन्य जिल्लामा क्षेत्रीय अधिवेशन मंसिर ३ गते हुने भए पनि बैतडीमा भने उक्त दिन विभिन्न शक्तिपीठमा मेला लाग्ने भएकाले मंसिर ४ गते अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदै छ ।