डोटी – डोटीमा रुखमा झुण्डिएको अवस्थामा श्रीमान–श्रीमतीको शव फेला परेको छ ।

शिखर नगरपालिका – १ का २२ बर्षीय डिल्लीराज भट्ट र उनकी पत्नी २० वर्षीया पशुपति भट्ट शव घरनजिकै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुबैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।



















