अत्तरिया – कैलालीको अत्तरियामा अन्टेस्ट फोर्स गाडीले ठक्कर दिदाँ एक पैदल यात्री गम्भीर घाइते भएका छन ।

पुर्वबाट अत्तरियातर्फ आउँदै गरेको उक्त गाडीले अत्तरियाको ट्राफिक चेक पोष्ट नजिकै ठक्कर दिदाँ गोदावरी नगरपालिका – १ का २८ वर्षीय पैदलयात्री श्याम विश्वकर्मा घाइते भएका हुन ।

शनिबार साँझ गाडीको ठक्करबाट घाइते भएका विश्वकर्माको अवस्था गम्भीर रहेको र, पदमा अस्पतालबाट थप उपचारका लागि मायामेट्रो अस्पताल रेफर गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

















