अत्तरिया – कैलालीको अत्तरियामा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला तथा भेट्रान ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको रोयल युवा क्लवद्धारा आयोजित प्रतियोगीता आज (सोमबार) बाट सुरु भएको हो ।
सोमबार एक औपचारीक कार्यक्रमका बिच प्रतियोगीताको उद्घाटन गरिएको छ । क्लबका अध्यक्ष विरेन्द्र अवस्थीको सभापत्विमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँद रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले खेलकुदले मानिसलाई स्वस्थ रहन मद्दत गर्ने बताए ।

उनले यस्ता खेलकुद प्रतियोगीताहरुले युवाभित्र रहेका प्रतिभा उजागर गरी देशको पहिचान दिलाउने काम गरेको उनले बताए । ‘हाम्रो देशमा विभिन्न किसिमका खेलकुद प्रतियोगीताहरु आयोजना भैरहेका छन’ उनले भने ‘खेलका माध्यमले नै युवाहरुले देशको पहिचान बनाएका छन ।’

समाजमा हुने विकृति विसंगतीको अन्त्यका लागी पनि खेलकुद महत्वपुर्ण रहेको उनले बताए । अहिलेको समयमा शारिरीक व्यायामका कार्यहरु निकै कम मात्रामा भैरहेका बताउदै उनले खेलकुदले शारिरीक व्यायामको कार्य पनि गर्ने बताए ।
‘सबैभन्दा महत्वपुर्ण कुरा स्वास्थ्य हो, देश बनाउने युवाहरु स्वस्थ हुन जरुरी छ’ उनले भने ‘युवाहरु नै स्वस्थ छैनन भने देश विकाशका कार्यहरुलाई अगाडी बढाउन सकिदैन ।’ ब्याटमिन्टन जुनसुकै उमेर समुहका मानिसले पनि खेल्न सक्ने भएकाले अहिलेको समयमा यो खेलको पहिचान हुन जरुरी रहेको उनले बताए । नगरपालिकाले खेलकुदका कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडी बढाएको उनले बताए ।
उनले प्रदेशकै सबैभन्दा ठुलो धनराशीको प्रतियोगीता गोदावरी नगरपालिकामा हुनु खुसीको कुरा भएको बताए । खुल्ला ब्याटमिन्टन प्रतियोगिताको विजेता टिमले ५१ हजार पुरस्कार पाउने छ भने द्धितिय र तृतिय हुने टिमले क्रमश २५ हजार र ११ हजार पुरस्कार पाउने छन । त्यस्तै भेट्रान प्रतियोगितामा प्रथम हुने टिमले २१ हजार, द्धितिय हुने टिमले ११ हजार र तृतिय हुने टिमले ५ हजार १ सय पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रदेश भरीका २२ ओटा भेट्रान र २० ओटा खुल्ला तर्पmका गरी ४२ ओटा टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । सञ्चारकर्मी गोबिन्द रोष्याराले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी धुर्व ओझाले गरेका थिए ।


















