खाेज्नुहाेस

गोदावरीमा पेन्टरहरुसँग भेटघाट कार्यक्रम आयोजना

Image

अत्तरिया – कैलालीको गोदावरीमा पेन्टरहरु सँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।

रोयल पेन्टस् प्रा.ली चितवनले कैलाली र कञ्चनपुरमा रोयल पेन्ट पेन्टिङ्गको काम गर्दै आएका पेन्टरहरुसँग भेटघाट कार्यक्रम आयोजना गरेको हो ।

attariya hospital

वर्षाै देखी पेन्टिङ्गको काम गर्दै आईरहेका पेन्टरहरुलाई उनिहरुको कामप्रतिको लगावलाई मध्यनजर गर्दै केही खुसीयाली साट्ने मनसायले कार्यक्रमको आयोजना गरिएको रोयल पेन्टस् प्रा.ली का निर्देशक कृष्णराज भण्डारीले बताए । उनले दशकौ देखी पेन्टिङ्गको काम गर्दै आएका पेन्टरहरुलाई उनिहरुको मेहनतको कदर गर्दै पुरस्कार पनि वितरण गरिएको बताए ।

कार्यक्रममा सबैभन्दा बढी रोयल पेन्ट पेन्टिङ्ग गर्ने पेन्टरहरुलाई राईसकुकर, एलईडि टिभि, साईकल, ग्यास चुलो, फ्रिज र ल्यापटप वितरण गरिएको थियो । ‘हामीले रोयल पेन्टको प्रत्येक डब्बामा पोईन्ट सिस्टम राखेका हुन्छौ’ निर्देशक भण्डारीले भने ‘कार्यक्रममा सबैभन्दा बढी त्यस्ता पोईन्ट प्राप्त गरेका पेन्टरहरुलाई हामीले पुरस्कारको व्यवस्था गरेका हौ ।’

कैलालीको अत्तरियामा रोयल पेन्टस्को आधिकारीक विक्रेताका रुपमा रहेको शिव ट्रेडर्सका सञ्चालक शेर बहादुर साउँदले पेन्टरहरुको कामप्रतिको मनोभावनामा बृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

navjiwan hospital

‘पेन्टरहरुले रात दिन नभनी काम गरिरहेका हुन्छन’ उनले भने ‘धेरै नसकेपनि केही हदसम्म उनिहरुलाई खुसी बनाउनु हामीहरुको पनि दायित्व हुन आउछ, त्यही अनुरुप आज यो कार्यक्रम सञ्चालन गरिएको हो ।’ कम्पनिले हाल ७ वर्षको ग्यारेन्टीका साथ पेन्ट बिक्रि गर्दै आएकोमा तिहार लगत्तै १० वर्षे ग्यारेन्टी सहित पेन्ट बिक्रि गरिने उनले बताए ।

उनले पेन्टको डब्बामा राखिएको पोईन्ट सबैभन्दा बढी भएकोलाई ठुलो र कम भएकोलाई सानो पुरस्कार वितरण गरिएको बताए । उनले दुवै जिल्लाका करिब ६० जना पेन्टरलाई पुरस्कार वितरण गरिएको बताए ।

जसमध्ये ३ जनालाई ल्यापटप, ५ जनालाई फ्रिज, ७ जनालाई टिभि, १० जनालाई साईकल, ५ जनालाई ग्यास चुँलो र बाँकीलाई राईसकुकर वितरण गरिएको साउँदले बताए ।

३५ हजार पोईन्ट बनाएर ल्यापटप पुरस्कार पाएका कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नं. ८ का यज्ञराज ओझाले आफ्नो मेहनतको कदर गर्दै कम्पनिले प्रदान गरेको पुरस्कारले हर्षित भएको बताए । उक्त पुरस्कारले आफुमा अझै काम प्रति लगाव जगाएको उनले बताए ।

‘मेहनतको पुरस्कार पाउँदा सारै हर्षित छु तर अझै केही गर्न बाँकी रहेको छ’ उनले भने ‘मेरो चाहना भनेको बढी पोईन्ट बनाएर मोटरसाईकल लिने हो, यसवर्ष अलिकती कम भएर चुक्यो, अझै मेहनत गरेर आफ्नो ईच्छा अनुसारको पुरस्कार लिने विचार गरेको छु ।’

कार्यक्रममा दुवै जिल्लाका करिब ८५ जना पेन्टर तथा डिलरहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन रोयल पेन्टस् प्रा.ली का सुदूरपश्चिम बजार प्रतिनिधि प्रमुख विकाश भट्टराईले गरेका थिए ।