अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालीत तेस्रो संस्करणको खुल्ला गौरीशंकर फुटबल प्रतियोगीताको उपाधीका लागी आर्दश युवा क्लब खमौरा र आयोजकको बि टिम भिड्ने भएका छन ।
मंगलबार भएका सेमिफाईनल खेलमा आफ्ना प्रतिष्पर्धिहरुलाई पराजित गर्दै दुवै टिम फाईनलमा प्रवेश गरेका हुन ।

प्रतियोगीता अन्तरगत मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा रोयल युवा क्लबलाई २–१ ले पराजित गर्दै आदर्श युवा क्लबले फाईनलको यात्रा तय गरेको हो ।
खेलको पहिलो हाफको छैटौ मिनेटमा नै १ गोल गर्दै आदर्शका खेलाडी भरत टमटाले टिमलाई अग्रता दिलाए । त्यसपश्चात फेरी आदर्शकै खेलाडी सरगम पाण्डेयले खेलको १५औ मिनेटमा गोल गर्दै टिमलाई २–० को स्थितिमा पु-याए । पहिलो हाफमा गोल गर्न नसकेको रोयल युवा क्लबले दोस्रो हाफमा एक गोल मात्रै गर्न सक्यो ।
रोयलका खेलाडी केशव डिसिले दोस्रो हाफको ३९ औ मिनेटमा १ गोल गरेका थिए । त्यसपछि गोल गर्न नसक्दा रोयल युवा क्लब पराजित हुनुपरेको हो ।

खेलमा उत्कृष्ट प्रर्दशन गरेका आदर्श युवा क्लबका खेलाडी सञ्जु चौधरी म्यान अफ द म्याच घोषित भए । उनले नगद रु. ५ सय प्राप्त गरे ।
यसैगरी प्रतियोगीता अन्तरगत मंगलबार नै भएको दोस्रो सेमिफाईनल खेलमा ईन्द्रेणी युवा क्लब मौरीफाँटालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजक (बि) विजयी भएको छ ।
निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफको २६ औ मिनेटमा ईन्द्रेणी युवा क्लबका खेलाडी यमन भट्टराईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको केही समय पछि नै पहिलो हाफको अन्त्यतिर आयोजक टिमका खेलाडी प्रकाश पाण्डेय ले रातो कार्ड पाएर बाहिरीएका थिए ।
१ जना खेलाडी बाहिरिएपछि ८ खेलाडीमै सिमित आयोजक टिमले धैर्यता नगुमाई खेल खेल्यो । जसको फलस्वरुप दोस्रो हाफको ३८ औ मिनेटमा नै आयोजक टिमका खेलाडी गोकर्ण भट्टराईले गोल फर्काउदै टिमलाई बराबरीको स्थितिमा पु-याए ।
त्यसपश्चात दुवै टिमबाट गोल हुन नसक्दा पेनाल्टी सुटआउटमा आएर विजेता चुनिएको थियो । पेनाल्टी सुटआउटबाट आयोजकको बि टिमले ईन्द्रेणी युवा क्लबलाई १–० ले पराजित गर्दै फाईनलको यात्रा सुनिश्चित गरेको हो ।
खेलअवधीभर उत्कृष्ट प्रर्दशन गरेका आयोजक (बि) टिमका खेलाडी गोकर्ण भट्टराई म्यान अफ द म्याच चुनिए । उनले नगद रु. ५ सय प्राप्त गरे ।
प्रतियोगीताको फाईनल खेल यही कार्तिक ११ गते हुने प्रतियोगीताका संयोजक लोकेन्द्र साउँदले बताए ।
प्रतियोगीताको प्रथम पुरस्कार नगद रु. ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र र द्धितिय पुरस्कार नगद रु. २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तोकिएको छ । प्रतियोगीतामा कुल १२ वटा टिमको सहभागीता रहेको थियो ।


















