खाेज्नुहाेस

तीन वाणिज्य बैंक कारबाहीमा

Image
navjiwan hospital

काठमाडौं – नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र एसएलआर कायम नगर्ने तीन वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ ।

हिमालयन बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकलाई वैधानिक तरलता अनुपात अनुसार मौज्दात रकम नपु¥याएको भन्दै राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको हो ।

विभागले ती बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।