खाेज्नुहाेस

अत्तरियामा तेस्रो संस्करणको गौरीशंकर फुटबल प्रतियोगीता सुरु

Image

अत्तरिया – कैलालीको अत्तरियामा तेस्रो संस्करणको खुल्ला गौरीशंकर फुटबल प्रतियोगीता सुरु भएको छ ।

दशै तिहारलाई लक्षित गरी ‘खेलकुदको विकाशले नै उन्नत समाज र देशको विकाश गर्न सकिन्छ’ भन्ने मुल नाराका साथ गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा रहेको गौरीशंकर टोल सुधार संस्थाले आजबाट प्रतियोगीता सुरु गरेको हो ।

attariya hospital

यही असोज २ गतेदेखी आयोजना हुने भनिएको प्रतियोगीता वर्षाका कारण ३ दिन सारिएको थियो । प्रतियोगीताको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

संस्थाका अध्यक्ष पदम ओझाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी रहेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरा आचार्य, वडासदस्य पुष्पलाल खतिवडा, पद्मा अस्पताल प्रा.ली का प्रबन्ध निर्देशक डा. नर बहादुर मौनी, ज्ञानज्योती बोर्डिङ स्कुलका सञ्चालक जगविर थापा, जनकल्याण सेकेन्डरी स्कुलका सञ्चालक योगेन्द्र हमाल, सुदूरपश्चिम खेलकुद परिषदका सदस्य दुर्गा अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, विभिन्न राजनितिक दलका प्रतिनिधि र स्थानियहरुको सहभागीता रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव हेमराज भट्टले गरेका थिए ।

navjiwan hospital

यसैबिच प्रतियोगीताको उद्घाटन खेलमा राजधानी युवा क्लब बसन्तपुरलाई ५–० ले पराजित गर्दै गौरीशंकर टोल सुधार संस्था (बि) विजयी भएको छ । गौरीशंकर (बि) का खेलाडी योगेन्द्र खड्का एक्लैले ४ गोल गरे भने अर्का खेलाडी रवि बिष्टले १ गोल गरे । खेल सुरु भएको छैटौ मिनेटमा १ गोल गर्दै गौरीशंकर (बि) का खेलाडी योगेन्द्र खड्काले टिमलाई अग्रता दिलाए ।

त्यसपश्चात फेरी खड्काले नै खेलको १५औ मिनेटमा अर्काे गोल गरे । पहिलो हाफमा २–० ले अगाडी रहेको गौरीशंकर (बि) दोस्रो हाफको ३५ औ मिनेटमा खड्काको ह्याट्रिक गोल सगै मजबुत स्थितिमा पुगेको थियो । विपक्षि टिमलाई गोल गर्ने मौका नै नदिई गौरिशंकर (बि) का अर्का खेलाडी रवि विष्टले खेल सुरु भएको ४१ औ मिनेटमा गोल थपे । अतिरिक्त समयमा थप १ गोल गर्दै खड्काले टिमको जित सुनिश्चित गरे ।

४ गोल गरेका खड्का खेलको म्यान अफ द म्याच भए । उनले नगद रु. ५ सय प्राप्त गरे । प्रतियोगीता अन्तरगत शनिबार ३ ओटा खेल हुने खेलसंयोजक लोकेन्द्र साउँदले जानकारी दिए । उनले प्रतियोगीता अन्तरगत शनिबार पहिलो चरणका खेलहरु समाप्त हुने र क्वाटरफाईनलका खेलहरु सुरु हुने बताए ।

प्रतियोगीताको प्रथम पुरस्कार नगद रु. ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र र द्धितिय पुरस्कार नगद रु. २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तोकिएको छ ।

यसैगरी प्रतियोगीताको उत्कृष्ट विधाका ५ खेलाडीलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको खेलसंयोजक साउँदले बताए । फिफा नियम तथा नकआउट प्रणालीबाट भैरहेको उक्त प्रतियोगीतामा कुल १२ वटा टिमको सहभागीता रहेको उनले बताए ।