खाेज्नुहाेस

फरक क्षमता भएका व्यक्तिको क्षमतालाई अवसरमा रुपान्तरण गर्नुपर्छ : मन्त्री सोडारी

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकाश मन्त्री दिर्घ सोडारीले फरक क्षमता भएका व्यक्तिहरुको क्षमतालाई अवसरमा रुपान्तरण गर्नुपर्ने बताएका छन ।

सोमबार कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयले दशैतिहारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा आफ्ना धारणा राख्दै उनले उक्त कुरा बताएका हुन ।

attariya hospital

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उनले फरक क्षमता भएका बालबालीकाहरुको भविष्य निर्माणमा सुप समावेशी विद्यालयले ठुलो योगदान दिईरहेको बताए । ‘अपांगता हुनु अपराध, रहर वा पाप होईन, विभिन्न प्राकृतिक विपत्तिका कारणले पनि त्यस्तो अवस्था आउन सक्छ’ उनले भने ‘त्यस्ता व्यक्तिहरुमा रहेको क्षमतालाई अवसरमा रुपान्तरण गर्नु हामी सबैको दायीत्व हो ।’

विद्यालयमा रहेका फरक क्षमता भएका बालबालीकाहरुको क्षमता अभिवृद्धिमा विद्यालयले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको उनले बताए । उनले सुदूरपश्चिममा अपांगता भएका बालबालीका अध्ययनरत सुप समावेशी विद्यालयलाई नमुना ढंगले अगाडी बढाईरहेको विद्यालय सञ्चालनको सिँगो टिम धन्यवाद को पात्र रहेको समेत बताए ।

navjiwan hospital

उनले सुप समावेशी सञ्चालक टिम मानव जिवनलाई उघार्नका निम्ति लागीरहेको बताए । उनले विद्यालयलाई मन्त्रालय र सरकारको तर्फबाट सदैव सहयोग जारी रहने बताए ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री चुनकुमारी चौधरीले नजिकिएको दशैतिहार लक्षित कार्यक्रमले सबैलाई एक ठाउँमा समेटी माया र स्नेह साट्न सहयोग पु¥याएको बताईन । सबैको एकताले देश परिवर्तन गर्न सकिने र सबैलाई जोड्न यस्ता चाडपर्वहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले बताईन । आफ्नो कला, संस्कृति र चालचलनको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएको उनले बताईन ।

यस्तै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले प्रदेशकै नमुना विद्यालयका रुपमा रहेको सुप समावेशीलाई नगरपालिकाले पनि सहयोग गरिरहेको बताईन । उनले अपांगता भएका बालबालीकाहरुलाई आवाससहितको अध्यापन गराउदै आएको विद्यालयलाई आगामी दिनहरुमा पनि नगरका तर्फबाट सहयोग गर्ने बताईन ।

कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधि, व्यवसायी तथा स्थानियहरुको सहभागीता रहेको थियो । यसैबिच कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग पु-याउने व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान सिँह साउँदको सभापत्विमा आयोजित कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले गरेका थिए ।