अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई खाद्यान्न तथा फलफुल सहयोग गरिएको छ ।

जोरायल बस दुर्घटनामा पनि ज्यान गुमाएका वरिष्ठ पत्रकार स्व. कर्ण बहादुर शाहीको ७औ पुण्यतिथिको अवसरमा स्व. शाहीका भाई प्रकाश बहादुर शाहीले विद्यालयलाई सहयोग गरेका हुन ।

शाहीले विद्यालयलाई ४ हजार २ सय बराबरका खाद्यान्न तथा फलफुल सहयोग गरेको विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले बताए । विद्यालयमा अध्ययनरत अपांगता भएका बालबालीकाहरुका लागी शाहीले गरेको सहयोगप्रति उनले आभार व्यक्त गरे ।
सामग्री सहयोग कार्यक्रममा शाहीका साथै उनकी आमा गोमा देवी शाही, नेपाल लाईफ ईन्स्योरेन्सका सन्तोष साउँद, विद्यालयकी प्रधानाध्यापक देवी साउँद लगायतको सहभागीता रहेको थियो ।
















