अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानमा ९४.१४ प्रतिशत मत खसेको छ । आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजे सम्मका लागि तोकिएको मतदान अवधिमा कुल १ हजार २४ मध्ये ९६४ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

उद्योग वाणिज्य संघको कार्यसमिति चयनका लागि ४ प्यानल चुनावी मैदानमा छन् ।

जसमा अध्यक्षका लागि कमल कडायत, रमेश भट्टराई, नैन सिंह कार्कीले प्यानल सहित उम्मेदवारी गर्दा गराएका छन् । त्यस्तै भिस्मा खड्काले वरिष्ठ उपाध्यक्ष सहित प्यानल दर्ता गराएकी छिन ।
निर्वाचनको मतदान अत्तरिया उद्योग वाणिज्य संघको हलमा भएको थियो । मतगणना भने प्रतिभा सामुदायिक पुस्तकालयमा हुने भएका छ । जसका लागि मत पेटिका प्रतिभा सामुदायिक पुस्तकालयमा पुगाइसकिएको र केही बेरमा सर्वपक्षिय छलफल गरेर मतगणना सुरु गरिने जनाइएको छ ।

















