खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघको मतगणना जारी, अध्यक्षमा कडायत र भट्टराई बिच प्रतिस्पर्धा

Image

अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि ३ सय मतगणना सकिदा अध्यक्षका २ उम्मेदवार बिच प्रतिस्पर्धा भइरहेको छ । ३ सय मत गणना हुँदा अध्यक्षका उम्मेदवार रमेश भट्टराइले १२५ मत सहित अग्रता लिएका छन भने कमल कडायतले १२२ मत सहित उनलाई पछ्याइरहेका छन । अर्का अध्यक्षका उम्मेदवार नैन सिह कार्कीले भने ३० मत पाएका छन ।

बरिष्ठ उद्योग उपाध्यक्षमा ८४ मत सहित धना देवी चोखालले अग्रता लिदा ८१ मत सहित लोकराज ओझाले उनलाई पछ्याइरहेका छन । यस्तै भिष्मा खड्काले ७३ र सुर्यकुमार गौतमले ३४ मत पाएका छन ।

attariya hospital

बाणिज्य उपाध्यक्षमा गणेश बोगटीले ११५ मत सहित अग्रता लिएका छन । उनलाई ८३ मत सहित बिरेन्द्र बहादुर विष्टले पछ्याइरहेका छन । बाणिज्य उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मण बहादुर धामीले ४१ र पूर्णप्रशाद चौलागाईले २८ मत पाएका छन ।

बस्तुगत उपाध्यक्षमा समिर गिरीले अग्रता लिएका छन । उनी ९५ मत सहित अग्रता लिदा ८४ मत सहित बासुदेव पन्तले उनलाई पछ्याइरहेका छन । खेमराज सापकोटाले ५१ र लाहानु चौधरीले ३४ मत पाएका छन ।
महासचिवमा गम्भीर साउँदले अग्रता लिएका छन । उनले ३ सय मत गणना गर्दा १११ मत पाएका छन । उनलाई १०१ मत सहित गोकुल भट्टले पछ्याइरहेका छन । यस्तै प्रकाश कुँवरले २३ र अनिल सिंहले २७ मत पाएका छन ।

navjiwan hospital

कोषाध्यक्षमा दिपेन्द्रराज अवस्थीले अग्रता लिएका छन । उनले ११५ मत पाएका छन । बालकृष्ण ओझाले १०२ मत सहित उनलाई पछ्याइरहेका छन । यस्तै दिपक प्रशाद न्यौपानेले २७ र रामदत्त भट्टले २० मत पाएका छन । सचिवमा राजन सिजापती अघि छन । उनले ८८ मत पाएका छन । धीरेन्द्र बोगटीले ८० मत सहित उनलाई पछ्याइरहेका छन ।

व्यवसायी उत्साहित

अत्तरिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि व्यवसायीहरु उत्साहित देखिएका छन । लामो समय देखि लथालिङ्ग रहेको संघको नयाँ कार्यसचिति चयनका लागि व्यवसायीहरु उत्साहित भएर निर्वाचन प्रक्रियामा सहभागि भएका छन ।

नयाँ कार्यसमिति चयनका लागि आइतबार भएको निर्वाचनमा पनि व्यवसायीहरुले उत्साहित सहभागिता जनाएका छन । २०८० सालको नक्कली टिकट ठेली प्रकरण पछि संघ प्रति वितृणा पैदा भएका बेला नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भए सँगै पुन व्यवसायीहरु उत्साहित थिए ।

नयाँ नेतृत्व चयनका लागि पनि आइतबार भएको निर्वाचनमा मतदान गर्न ९४.१४ प्रतिशत व्यसायी सहभागि भएका छन । आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजे सम्मका लागि तोकिएको मतदान अवधिमा कुल १ हजार २४ मध्ये ९६४ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनको मतदान अत्तरिया उद्योग वाणिज्य संघको हलमा भएको थियो । मतगणना भने अहिले प्रतिभा सामुदायिक पुस्तकालयको हलमा जारी रहेको छ ।