
धनगढी – कैलालीमा क्षमता भन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । अस्थायी ट्राफिक प्रहरी पोस्ट फूलबारीले सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको फूलबारी एकेडेमीको विद्यालय बसलाई कारबाही गर्दै २ हजार रुपैयाँ जरिवाना गरेको हो ।
अस्थायी ट्राफिक प्रहरी पोस्ट फूलबारीका इन्चार्ज भुवन सिंहका अनुसार पछिल्लो समय केही विद्यालय बसले ट्राफिक नियम उल्लङ्घन गरेको गुनासो बढेपछि नियमित चेकजाँचलाई कडा गरिएको छ ।

















