खाेज्नुहाेस

बँदेललाई थापेको विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्यु

Image

बर्दिया – जंगली बँदेललाई धपाउन थापेको विद्युतीय पासोमा परी ठाकुरबाबा नगरपालिका–३ गोदाना गाउँमा एकै घरका तीनजनाको मृत्यु भएको छ।

navjiwan hospital

शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

attariya hospital

धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाही ९क०लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायले बताए।

धानबालीमा जंगली हात्ती, बँदेललगायतका वन्यजन्तुले क्षति पुर्‍याउन थालेकाले करेन्ट प्रवाह गर्दा करेन्ट लागेर यसअघि दुई वटा जंगली हात्ती र एक जना युवाको ज्यान गएको थियो।