खाेज्नुहाेस

साक्षरता दिवशको अवसर पारी अत्तरियामा बक्तृत्वकला प्रतियोगीता आयोजना

Image

अत्तरिया – ५५औ अन्तरराष्ट्रिय साक्षरता दिवशको अवसर पारी कैलालीको अत्तरियामा बक्तृत्वकला प्रतियोगीताको आयोजना गरिएको छ ।

गोदावरी नगरपालिका भित्र रहेका ५ वटा सामुदायीक सिकाई केन्द्रहरु (ऋीऋ) ले सिकाई केन्द्रका निरन्तर शिक्षाका महिला सहभागीहरुका लागी प्रतियोगिताको आयोजना गरेका हुन ।

attariya hospital

प्रतियोगीतामा ग्वासी सामुदायीक सिकाई केन्द्रकी कमला पार्की प्रथम, अत्तरिया सामुदायीक सिकाई केन्द्रकी कृष्णमाया पौडेल द्धितिय, ओलानी सामुदायीक सिकाई केन्द्रकी पार्वती वि.क तृतिय र जनचेतना सामुदायीक सिकाई केन्द्र श्रीपुरकी राजकुमारी चौधरी सान्त्वना भएकी छन ।

प्रतियोगीतामा विजयी भएका महिलाहरुलाई मंगलबार एक औपचारीक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको छ ।
ग्वासी सामुदायीक सिकाई केन्द्रका अध्यक्ष बालकृष्ण जोशीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँद रहेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले सामुदायीक सिकाई केन्द्रहरुले शिक्षा क्षेत्रमा महिला तथा बालबालीकालाई सहभागी गराई उनिहरुको व्यक्तित्व विकाशमा सहयोग गर्दै आइरहेका बताए ।

उनले देशमा बनेका विभिन्न सरकारहरुले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्य गरेको उनले बताए । ‘सरकारले पहिलो प्राथमिकतामा शिक्षालाई राखेको छ, गोदावरी नगरपालिकाको पनि पहिलो प्राथमिकता शिक्षा नै रहेको छ’ उनले भने ‘तर हामी परम्परागत शिक्षा प्रणाली भन्दा आधुनिक शिक्षा प्रणालीलाई अंगाल्ने पक्षमा छौ, समयानुसार शिक्षालाई पनि परिमार्जन गर्दै लैजानुपर्ने पक्षमा हामी छौ ।’

navjiwan hospital

उनले अहिले समाजमा प्राविधिक शिक्षा आवश्यक भएको बताए । ‘परम्परागत रुपमा शिक्षा लिई डिग्री हासिल गरेका व्यक्तिहरु बेरोजगार बसेका कतिपय उदाहरणहरु छन’ उनले भने ‘अब शिक्षालाई रोजगारमुखी बनाउनुपर्दछ, प्राविधिक धारका शिक्षामा अब नगरपालिकाले जोड दिएको छ ।’

उनले निजि स्रोतमा काम गरिरहेका शिक्षकहरुलाई नगरशिक्षक बनाउने नगरपालिकाले निति लिएको बताए । यसका साथै बालविकाशमा कार्यरत शिक्षक/शिक्षिकाहरुको तलब १५ हजार पु-याईएको उनले बताए ।

नगरमा रहेका सिकाई केन्द्रहरुलाई नगरको स्रोतअनुसार आवश्यक सहयोग गर्न निर्देशन दिईसकेको समेत नगरप्रमुख साउँदले बताए । शिक्षाक्षेत्रमा स्थानिय सरकारले गनुपर्ने दायित्व पुरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी कार्यक्रमका सभापति ग्वासी सामुदायीक सिकाई केन्द्रका अध्यक्ष बालकृष्ण जोशीले निरन्तर शिक्षाका महिला सहभागीहरुका लागी पहिलो पटक कार्यक्रम आयोजना गरिएको बताए । उनले प्रतियोगीतामा सहभागी सबैले आफ्नो उत्कृष्ट प्रर्दशन गरेको समेत बताए ।

उनले साक्षरता दिवश यही भाद्र २३ गते परेको भएपनि महिलाहरुको महान पर्व तिजका कारण उक्त दिन कार्यक्रम आयोजना गर्न नसकिएको बताए । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई उनले धन्यवाद ज्ञापन गरे ।

ओलानी, जनचेतना, बेलादेवीपुर, ग्वासी र अत्तरिया सामुदायीक सिकाई केन्द्रहरुले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगीतामा १५ जना महिलाहरुको सहभागीता रहेको थियो ।

प्रतियोगीताको निर्णायकका रुपमा दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापक शिवराज जोशी, सरस्वती मावि ओलानीका प्रधानाध्यापक विनोद भट्टराई र सिद्धबाबा माविका शिक्षक दिर्घराज अवस्थी रहेका थिए ।

कार्यक्रममा वडा नं. १ का कार्यवाहक वडाध्यक्ष कृत बहादुर चन्द, नगरपालिकाका शिक्षा शाखा अधिकृत प्रयागराज जोशी लगायत विभिन्न विद्यालयहका शिक्षकहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन अत्तरिया सामुदायीक सिकाई केन्द्रकी सामाजिक परिचालक गोमा ढकालले गरेकी थिईन ।