खाेज्नुहाेस

अंशबन्डा विवादमा भाइले गरे दाजुको हत्या

Image

मोरङ – ओखलढुंगामा दाजुको हत्या आरोपमा भाइ र भतिज पक्राउ परेका छन् । ओखलढुंगास्थित खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको शुक्रबार दिउँसो धारिलो हतियार प्रहारले हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घराशयी अंशबन्डाको विषयमा विवाद बढ्दै गर्दा मित्रका भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र उनका ३६ वर्षीय छोरा वीरबहादुरले मित्रको खुकुरी र दाउ प्रयोग गरेर हत्या गरेका हुन् ।

attariya hospital
navjiwan hospital

घटनालगत्तै इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको टोलीले धारिलो हतियारसहित हत्यामा संलग्न दुवै जनालाई पक्राउ गरेको थियो ।

घटना भएको स्थान ओखलढुंगाबाट करिब ६० किमि पश्चिमउत्तरमा छ । प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट मित्रको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा पक्राउ परेका दुवै जनाउपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।