खाेज्नुहाेस

आज ‘विश्व आत्महत्या रोकथाम दिवस’

आज ‘विश्व आत्महत्या रोकथाम दिवस’ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित गैरसरकारी संस्थाहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरेका छन् ।

आफ्नो शरीरको हत्या व्यक्ति स्वयंले गर्नुलाई आत्महत्या भनेर बुझिन्छ । मनमा धेरै पीडा बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडाबाट मुक्ति आत्महत्या गरेपछि मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि व्यक्तिले आत्महत्या गर्ने बाटो रोजेको पाइन्छ ।

attariya hospital
navjiwan hospital

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडाअनुसार विश्वभरमा एक वर्षमा लगभग आठ लाख मानिस वा हरेक ४० सेकेण्डमा विश्वमा कतै कुनै एक मानिसको आत्महत्याको कारण ज्यान गइरहेको छ ।

नेपालमा २०७५/०७६ मा पाँच हजार ७५४ जना र २०७६/०७७ मा ६ हजार २७९ व्यक्तिले आत्महत्या गरेको तथ्याङ्क छ । नेपालमा एक दिनमा करिब १६ देखि १८ जना मानिसको मृत्यु आत्महत्याको कारणले भएको छ ।

पछिल्लो समयमा विश्वमै फैलिएको कोभिड–१९ भाइरसका कारण आफूलगायत परिवारका सदस्यमा सङ्क्रमित हुने र यसका कारण आफूलगायत परिवारका सदस्य पनि मर्नसक्ने वा अरू खालका स्वास्थ्य समस्यामा जटिलता आउनेलगायतका भय त्रासले मानिसमा मानसिक स्वास्थ्य समस्या वृद्धि भएको पाइन्छ ।

कोभिड–१९ का कारणले रोजगारीमा आएको कटौती, व्यापार व्यवसायमा आएको मन्दी, शैक्षिक क्रियाकलापमा आएको अन्योल लगायतका कारणले मानिसमा नकारात्मक सोचाइको विकास हुने गरेको पाइन्छ ।