खाेज्नुहाेस

परिवार नियोजन संघ कैलालीको अध्यक्षमा जोशी

Image

धनगढी – नेपाल परिवार नियोजन संघ, कैलाली शाखाको ३३ औँ अधिवेशनबाट जनकराज जोशी अध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

navjiwan hospital

निर्वाचन परिणामअनुसार शाखाको कोषाध्यक्षमा चिरञ्जीवी पाठक निर्वाचित भएका छन् । महिला सदस्यमा भगवती बडाल र भुवनेश्वरी मल्लविजयी भएका छन ।

attariya hospital

त्यसैगरी, विशेषज्ञ सदस्यतर्फ कुश्मा जोशी (अपाङ्गता), सुभाषचन्द्र उपाध्याय (कानुन), रञ्जना जोशी (अर्थ) तथा कालीप्रसाद पडाल (प्रजनन स्वास्थ्य) निर्वाचित भएका छन् ।
किशोर–युवा सदस्यमा मोनिका वड र स्तुति आचार्य निर्वाचित हुँदा युवा सदस्यमा रोशनी चौधरी चयन भएकी छन् ।

नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म परिवार नियोजन, प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन अधिकार, किशोर–किशोरीमैत्री सेवा तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।