खाेज्नुहाेस

मोदीको पुतला जलाएकोप्रति गृह मन्त्रालयको आपत्ति

Image

गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएको घटनाप्रति आपत्ति जनाएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुतला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

navjiwan hospital

‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुतला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

attariya hospital

मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै गतिविधि नगर्न गृहले आग्रह गरेको छ । मित्रराष्ट्रविरुद्ध हुने यस्ता गतिविधिमा संलग्न भए कानुन बमोजिम कारबाही गर्ने गृहले चेतावनी दिएको छ ।