अत्तरिया – यो सागम्रीमा हामीले अत्तरिया अनलाइनमा प्रकाशित भएका र नभएका यो साताका ७ तस्बिर शनिबार विशेषमा समेटेका छौ ।

मोहना अत्तरिया ६ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सोहि क्रममा अत्तरिया चोक संग जोडिएको सडकका डिभाइडरमा रंगरोपन गरिदै ।


अत्तरिया बजारमा सडक व्यपार गर्ने क्रम बढ्दो छ । अत्तरियाका सडकमा खोका छाप्रा राखेर व्यपार गर्ने क्रम बढ्दै गएको छ भने मानीसहरु हातहातमा समेत सामान बोकेर बिक्री वितरण गर्ने गरेका छन ।


रातीको समययमा सडकमा उभिएका छाडा गाईगोरु । बिच सडकमा रातिको समयम छाडा गाईगोरु छोडिदाँ दुर्घटनाको जोखिम बढेको छ ।अत्तरियाको पुर्व रोडमा रहेको यात्रु प्रतिक्षालयमा रातिको समयमा सुतेका बालक । सडक किनाराको छाप्रामा बस्ने ती बालक असुरक्षित हुँदा पनि परिवारीक वेवस्थाका कारण सडकमा सुतेका छन ।

यो साता धुमधामका साथ सुदूरपश्चिममा गौरा पर्व मनाइएको छ । गौरामा रमाईलो गर्दै गोदावरी नगरपालिका – ३ चौकिडाडाका महिला ।

उपचारका लागि भन्दै यी बृद्ध अत्तरिया क्षेत्रमा लामो समयदेखि यसरीनै सवारी साधनहरुमा रकम संकलन गर्ने गरेका छन ।

यस बर्ष लगातार पानी परेका कारण धानको उत्पादन राम्रो हुने किसानहरुले अनुमान गरेका छन ।














