अत्तरिया – कैलालीको अत्तरियामा रहेको संगम कृषि सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सुरु भएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै भर्चुअल माध्यम जुमबाट सुरु भएको सभाको शनिबार उद्घाटन गरिएको हो ।

संस्थाका अध्यक्ष चन्द्र बहादुर विष्टको सभापतित्वमा आयोजित उद्घाटन सभाका प्रमुख अतिथि गोदावरी नगरपालिका कृषि शाखाका प्रमुख दिव्यराज जोशी रहेका थिए भने विशिष्ठ अतिथि राष्ट्रिय सहकारी बैंक धनगढीका प्रमुख कृष्ण बहादुर रावल रहेका थिए ।

शनिबार बाट सुरु भएको सभा एक हप्ता सम्म सञ्चालन हुने र सदस्यहरुका घरघरमै गएर सुझाव, सल्लाह र जिज्ञासाहरु लिईने संस्थाका कर्जा शाखा प्रमुख दिपेश ऐरीले बताए ।
‘कोरोनाको महामारी छ, यस्तो अवस्थामा बृहत रुपमा साधारण सभा आयोजना गर्न नसकिए पनि प्रविधिको उपयोग गरेर जुम मार्फत साधारण सभाको उद्घाटन गरेका छौ’ उनले भने ‘स्वास्थ्यका सम्पुर्ण मापदण्डहरु पालना गरी संस्थाका शेयरसदस्यहरुका घरघरमा गई एक हप्ता सम्म उहाँहरुका सल्लाह, सुझाव लिने काम गर्नेछौ ।’ उनले भदौ १२ गते साधारण सभाको समापन गरिने बताए ।
















