खाेज्नुहाेस

माधव समूह नयाँ पार्टी दर्ताको तयारीमा जुट्यो 

Image

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह नयाँ पार्टी दर्ताको अन्तिम तयारीमा जुटेको छ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल समूह नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा जुटेको हो ।

navjiwan hospital

सरकारले संसदीय दलका २० प्रतिशत सांसद भए पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याए पनि आफूहरुसँग ४० प्रतिशत वढी सांसद रहेको नेपाल समूहको दाबी छ । स्रोतका अनुसार दल विभाजनका लागि चाहिनेभन्दा बढी सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ ।

attariya hospital

नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा जानुअघि अहिले नेपाल पक्षीय सांसद र केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा बस्ने बैठकले नयाँ पार्टीबारे छलफल गर्ने नेपाल समूहका सांसद मेटमणि चौधरीले जानकारी दिए। सम्भव भएसम्म आजै एक कार्यक्रमको आयोजना गरी नयाँ पार्टी घोषणा गर्ने तयारी छ। तर नयाँ पार्टीको नाम भने गोप्य राखिएको छ ।

अध्यादेश लगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्ने सम्भावना रहेकाले बैठकमा त्यसबारे छलफल हुने चौधरीले बताए । यसअघि आजै कार्यदलमा रहेका सदस्यहरुसँग पनि नेता नेपालले छलफल गरेका थिए ।