अत्तरिया – ५ दिन देखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग संचालनमा आएको छ । सडक भासिएर अबरुद्ध बनेको राजमार्ग सडक किनारारबाट पर्खाल लगाएपछि संचालनमा आएको हो ।

आईतबार बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिदा राजमार्ग अवरुद्ध बनेको थियो ।

पर्खाल निर्माण सम्पन्न भएपछि राजमार्गमा पूर्ण रुपमा सवारी आवागमन शुरु भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।




















