बैतडी – जबरजस्ती करणी गरेको अभियोगमा बैतडीमा एक जना ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डिलाशैनी गाउँपालिका–४ द्वरीका ६८ वर्षीय मोहन सिंह बोहरा रहेका छन् । २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट धौनाखोलीबाट खटिएको प्रहरी टोलीले बोहरालाई शनिबार बिहान पक्राउ गरेको जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















