खाेज्नुहाेस

बैतडीमा प्रहरी जवान ब्यारेकभित्र मृत फेला

Image

बैतडी– बैतडी जिल्ला अदालतमा कार्यरत एक प्रहरी जवान ब्यारेकभित्रै मृत अवस्थामा फेला परेका छन् । दार्चुलाको लेकम गाउँपालिका–४ घर भएका प्रहरी जवान भुपेन्द्रराम पार्की मंगलबार राति अदालत परिसरमा रहेको प्रहरी ब्यारेकको आफ्नै कोठामा मृत भेटिएका हुन् ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ड्युटी सकेर ब्यारेक फर्किएका पार्की कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए । कोठाको ढोका बन्द रहेको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

attariya hospital

घटनापछि आफन्त घरबाट आएलगत्तै बुधबार बिहान शव परीक्षण गरिएको थियो । परीक्षणपछि शव परिवारका सदस्यको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरी जवान पार्कीको मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।