खाेज्नुहाेस

बझाङमा अटो रिक्सा दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता

Image
Oplus_131072

धनगढी- बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।

navjiwan hospital

आइतबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ हिनगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो रिक्सा ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

attariya hospital

दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० निवासी ३५/४० वर्षीया राजमती महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार अटोमा चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

दुर्घटनापछि एक बालक अझै बेपत्ता रहेका छन् भने घाइतेहरूको उद्धार कार्य भइरहेको छ । बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी सहायक निरीक्षक वीरबहादुर ठगुन्नाले जानकारी दिएका छन् ।