कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–११ स्थित होल्डिङ सेन्टर नजिकबाट ३ ग्राम ३५० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित भीमदत्त नगरपालिका–१० बस्ने २२ वर्षीय वीरेन्द्रबहादुर ऐर र २५ वर्षीय रामबहादुर चन्द पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको थियो।

पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

















