कञ्चनपुर – अवैध वन पैदावार मुद्दामा कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७ हल्दुखाल निवासी ६३ वर्षीय कर्णबहादुर धानुक रहेका छन्।


जिल्ला अदालत कञ्चनपुरले २०७५ माघ २९ गते अवैध वन पैदावार मुद्दामा धानुकलाई ११ महिना ४ दिन कैद सजाय सुनाएको थियो।
फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार आफ्नै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका धानुकलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

















