खाेज्नुहाेस

कञ्चनपुरमा कौडा खेलिरहेको अवस्थामा नगदसहित ६ जना पक्राउ

Image
सांकेतिक फाेटाे

कञ्चनपुर – कञ्चनपुरमा कौडा खेलिरहेको अवस्थामा नगदसहित ६ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोकस्थित जानकी टोलका ५३ वर्षीय रविन्द्र केसीको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरूसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

attariya hospital
navjiwan hospital

पैसाको हारजित हुने गरी कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ४७ हजार २५६ रुपैयाँ र ३ थान कौडा बरामद गरेको जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।