खाेज्नुहाेस

लुम्बिनीले पोखरालाई ८ विकेटले हरायो

Image

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले जित निकालेको छ । लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो ।

पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर ५० बल बाँकी छँदै भेट्टायो ।

attariya hospital

कप्तान रोहित पौडेलले अविजित ४७ रनको पारी खेले । यस्तै, निरोशन डिकवेला २७ रनमा नटआउट रहे ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन जोड्यो ।

चमिका करुणारत्नेले २५, कुशल भुर्तेलले १४, मेहदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखरालाई सस्तैमा समेट्न लुम्बिनीका रुबेन ट्रम्पलमानले तीन तथा तिलक भण्डारीले दुई विकेट लिए भने शेर मल्ल, रोहित पौडेल र अभिशेष गौतमले एक–एक सफलता हात पारे ।

जितसँगै लुम्बिनी तीन खेलमा दुई जित र १ अनिर्णित खेलसहित ५ अंक जोडेर तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

अर्कोतर्फ जारी प्रतियोगितामा पोखराको तेस्रो हार हो । तीन खेलमा तीनै हार बेहोरेको पोखरा अंकतालिकाको पुछारमा छ ।

विराटनगरले जनकपुरलाई २ रनले हरायो

navjiwan hospital

यसअघि सम्पन्न खेलमा विराटनगर किंग्सले दोस्रो जित निकालेको छ ।  विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले हराएको हो ।

विराटनगरले दिएको १७४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रनमात्रै बनायो ।

विराटनगरको जितमा आन्द्रे रसेल नायक बने । आफ्नो इनिङ्समा अर्धशतक हानेका रसेलले जनकपुरको चार विकेट झारे । अन्तिम बलमा विकेट लिएर रसेलले जनकपुरलाई स्तब्ध बनाइदिए ।

जनकपुरका सैफ हसनले ७१ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन् । यस्तै, विशाल सस्लिङले ४३ तथा जिमी निशमले २७ रन जोडे ।

रसेलको चार विकेट बाहेक एन्जेलो म्याथ्युजले दुई तथा रुपेश सिंहले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन जोड्यो ।

विराटनगरका तीन खेलाडीले अर्धशतक प्रहार गरे ।

लोकेश बमले ५० तथा इमरान शेखले ५६ रन बनाउँदा आन्द्रे रसेल ५२ रनमा अविजित रहे ।

बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए ।

जितसँगै विराटनगर अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । चार खेलमा दुई जित र दुई हार बेहोरेको विराटनगरको ४ अंक छ । यता, समान नतिजासहित समान अंक भए पनि जनकपुर रनरेटका आधारमा तेस्रो स्थानमा छ ।