धनगढी – धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१६ भादास्थित गणेश सामुदायिक वनमा घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर स्थानीय ३९ वर्षीया कविता देवी चौधरीको मृत्यु भएको हो।

सोमबार साँझ करिब ५ बजे माटो खन्ने क्रममा एक्कासि ढिस्को खस्दा उनी पुरिएर गम्भीर घाइते भएकी थिइन्।
तत्काल उद्धार गरी उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।



















