अत्तरिया – अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा कैलाली र बझाङबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।

कैलालीमा चोरी मुद्दामा ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१३ निवासी २० वर्षीय सलमान खान पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो।

त्यस्तै, बझाङमा बहुविवाहसम्बन्धी कसुरमा १ वर्ष ५ महिना ६ दिन कैद र १५ हजार ६ सय रुपैयाँ क्षतिपूर्ति तोकिएका तलकोट गाउँपालिका–१ निवासी २९ वर्षीय बिजय धमेनालाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ।



















