खाेज्नुहाेस

अत्तरियामा युवा फुटबल खेलाडीको क्षमता अभिवृद्धि गर्न फुटबल क्याम्प सञ्चालन गरिने

Image

अत्तरिया – कैलालीको अत्तरियामा युवा फुटबल खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक हप्ते फुटबल क्याम्प सञ्चालन हुने भएको छ । संघर्ष स्पोट्र्स क्लबको आयोजनामा तथा सत्यवती एकेडेमीको सहयोगमा आगामी २०८३ साल कात्तिक १५ गतेदेखि २२ गतेसम्म फुटबल क्याम्प सञ्चालन हुन लागेको हो । गोदावरी नगरपालिका–२, अत्तरियास्थित सत्यवती एकेडेमीको फुटबल मैदानमा सञ्चालन हुने क्याम्प प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

क्याम्पमा सहभागी खेलाडीहरूलाई फुटबलसम्बन्धी प्राविधिक सीप, शारीरिक तन्दुरुस्ती तथा क्षमता विकास, खेल रणनीति, खेल सञ्चालन विधि, सामूहिक भावना, मानसिक सुदृढीकरण र अभ्यास खेललगायतका विषयमा प्रशिक्षण दिइनेछ ।

attariya hospital
navjiwan hospital

युवा खेलाडीको प्रतिभा पहिचान गर्दै उनीहरूको खेल कौशल विकास गर्ने, अनुशासित खेलाडी उत्पादन गर्ने तथा फुटबलप्रति आकर्षण बढाउने उद्देश्यले क्याम्प आयोजना गर्न लागिएको संघर्ष स्पोट्र्स क्लबले जनाएको छ ।

‘सानो प्रयास, ठूला खेलाडी’ भन्ने नारासहित सञ्चालन हुन लागेको क्याम्पमा सहभागी हुन इच्छुक युवा फुटबल खेलाडीलाई आयोजकले आग्रह गरेको छ । क्याम्पमा सहभागिता तथा थप जानकारीका लागि सम्पर्क व्यक्ति दिनेश नेपालीलाई ९८२१६८३०२१ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।