खाेज्नुहाेस

बडीमालिकामा पुगेका कञ्चनपुरका एक जना सम्पर्कविहीन, एक अलपत्र

Image

बाजुरा – बाजुरास्थित बडीमालिकामा पुगेका कञ्चनपुरका एक जना सम्पर्कविहीन भएका छन् । बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा सम्पर्क बिहिन भएका हुन । उनी सँगै गएका कृष्णपुर नगरपालिका– २ बस्ने २१ वर्षका सागर कार्की अलपत्र अवस्थमा रहेका छन । सागर अहिले प्रहरी सम्पर्कमा रहेपनि मनिषको बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।

सागर अहिले बडिमालिकामा रहेको धर्मशालामा बसेको र उनले नै मनिष बोहरा सम्पर्कमा आउन नसकेको जानकारी दिएको प्रहरीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

यही असोज ९ गते सदरमुकाम मार्तडीबाट मनिष र सागर सहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । त्यसमध्ये तीन जना बडीमालिका पुगेर फर्किसके पनि २ जना अझै नफर्किएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए ।

‘सागरसँग फोन सम्पर्क गर्दा बडीमालिकाबाट फर्किने क्रममा साथी हरायो, म त्रिवेणी पाटनमा छु भन्दै हुनुन्थ्यो’ उनले भने, ‘उहाँहरु त्यस क्षेत्रमा भारी हिमपातका कारण त्यही अलपत्र परेका छन् ।’

जिल्लामा शुक्रबारदेखि वर्षासँगै बडीमालिकासहित उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा उद्धार गर्न कठिनाई भएको भन्दै मार्तडीबाट प्रहरीको टोली खटाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिडेर सो क्षेत्रमा पुग्न २ दिन लाग्ने प्रहरीले जनाएको छ ।